केराबारी/ मोरङ्गको केराबारी ७ र १०लाई जोड्ने झोलुंगे पुल घुम्न जानेहरुको गन्तब्य बन्न थालेको छ। हालै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको पुल केहि दिन यता घुम्न जानेहरुको गन्तब्य बन्न थालेको हो।pul 3

केराबारी ७ सिंदुरे र केराबारी १० बगैँचालाई जोड्ने करिव ४ सय ५० मिटर लामो झोलुंगे पुल कोसी प्रदेशकै लामो पुल हो भन्दै केराबारीबासीले प्रचार गरिरहेका छन्।kerabari pul 2

मदन भण्डारी राजमार्ग अन्तरगत रहेको पक्कि पुलबाट करिव डेढ किलोमिटर उत्तरमा रहेको यो झोलुंगे घुम्न जाने स्थलको रुपमा परिणत भएपछि स्थानीय यूवाको सकृयतामा रंगिचंगी तोरन टाँगेर पुललाई थप आकर्षक बनाईएको छ।

तस्विर : लक्ष्मण ठाकुर/ केराबारी