केराबारी/ मोरङ्गको केराबारी गाउँपालिकाको १२औँ गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। केराबारी गाउँपालिकाका प्रवक्ता नारायण भुजेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
केराबारी गाउँपालिकाको वडा नम्बर ८ मा रहेको हजारबिघा सामुदायीक बन उपभोक्ता समुहको कार्यालयमा भएको गाउँसभामा आर्थिक वर्ष २०८०/ ८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो।
गाउँसभामा आर्थिक वर्षको २०८०/८१ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा गाउँपालिकाले बजेट निर्माण, बिकास निर्माणका काम, पुर्वाधार बिकासका नीति, शिक्षा युवा तथा खेलकुद, स्वास्थ्य, खानेपानी तथा सरसफाई, यातायात, लैङ्गिक समानता, सामाजिक सुरक्षा र समावेशीकरण, कृषि बिकास सहकारी, पशुपन्छी तथा मत्ष्य, उद्यम विकास, राजस्व, रोजगार, वातावरण तथा विपद व्यवस्थापन, संस्थागत क्षमता विकास, सेवा प्रवाह र सुशासनसहितका कार्यक्रम प्रस्तुत गरेको हो।
“कृषि पर्यटनसहितको पुर्ण पुर्वाधार समृद्ध केराबारी हाम्रो आधार” भन्ने मुल नारा अंगिकार गरेको गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा भोलि शुक्रबार हुने केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले जानकारी गराउनुभयो।
कार्यक्रममा केराबारी बजार क्षेत्रमा सार्वजनिक शौचालय तथा बसपार्क निर्माणका लागि विशेष पहल गरिने, केराबारीको व्यवसायीक क्षेत्रमा ड्रेनदेखि ड्रेनसम्म कालोपत्रे, फुटपाथमा सडकबत्ती र सडक डिभाईडरसहित बजारको सुन्दरीकरण गरिने, पालिकाका बाँकी रहेका वडाहरुमा वडा कार्यालय भवन निर्माणलाई विशेष प्राथमिकता दिईने जनाईएको छ।
श्रम संस्कृतिको उजागर गर्दै स्थानीय विकास निर्माणमा जनताको अधिकतम श्रम सहभागितामार्फत कम लागतमा श्रममुलक योजनाहरू सञ्चालन गरिने, खोला तथा नदि उकासमा रहेका तथा अन्य सार्वजनिक जग्गाहरुको पहिचान गरी सम्भाव्यताको आधारमा वृक्षारोपण तथा सामुहिक खेती गरी गाउँपालिकाको आन्तरीक श्रोतलाई मजबुत गर्दै लगिन जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ।
यस्तै महामारी जन्य प्रकोप/ विपद रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकामा रहेको संयन्त्रलाइ तयारी अवस्थामा राखिनुका साथै नागरिक समाज, सुरक्षा निकाय र स्थानीय सरोकारवालाहरुसँग सहकार्य गर्ने नीति लिइने, प्राविधिक लागत अनुमानलाई वस्तुगत र व्यबहारीक बनाउन योजना सम्झौता पूर्व स्वीकृत गर्ने व्यवस्था मिलाईने जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ।
यस्तै गाउँपालिकाको बार्षिक बजेट तथा कार्यक्रम तर्जूमा देखि कार्यान्वयन हुँदै मूल्याङ्कनका चरणसम्म नै लैंङ्गिक उत्तरदायी हुने, बजेटको अवधारणालाई आत्मसात गरिने, संघीय नीति बमोजिम भूमिहीन दलित /सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको समस्या समाधान गर्ने कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइने जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ।
कार्यक्रममा बिभिन्न वडाका सदस्य, कार्यपालिका सदस्य एवं वडाध्यक्ष र पालिकाका कर्मचारीहरुको उल्लेख्य उपस्थिती थियो।
यस्तो छ केराबारी गाउँपालिकाको नीति तथा कार्यक्रम :